प्रतितोला २ हजार ७०० रुपैयाँ महँगियो सुन, बनायो कीर्तिमानी उचाई

काठमाडौं । सुनको भाउ फेरि उकालो लागेको छ । बुधवार एकैदिन तोलामा २ हजार ७०० रुपैयाँ वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा १ लाख ८४ हजार ३०० रुपैयाँ खरिदबिक्री भएको थियो । तर, आज बढेर १ लाख ८७ हजार रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो ।
आज चाँदीको मूल्य भने १ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।