सबैको लघुवित्तको नाफा ८७.८७ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति? « Arthapath.com
१२ माघ २०७८, बुधबार

सबैको लघुवित्तको नाफा ८७.८७ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति?



काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ८७.८७ प्रतिशत बढेर ५ करोड ७१ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ४ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ६८.९८ प्रतिशत बढेर १३ करोड ३१ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ८८ लाख १२ हजार रुपैयाँ खुद ब्याज अम्दानी गरेका थिए ।

समिक्षा अवधिमा लघुवित्तको संञ्चालन मुनाफा ४७.८८ प्रतिशत बढेर ७ करोड १४ लाख ४८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ८३ लाख १५ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४४.८१ प्रतिशत बढेर २७ करोड रुपैयाँ, जगेडा कोष ७८.०९ प्रतिशत बढेर ११ करोड ८० लाख ९३ हजार रुपैयाँ, निक्षेप ५५.२१ प्रतिशत बढेर १ अर्ब १३ करोड ६४ लाख १५ हजार रुपैयाँ र कर्जा ७७.६६ प्रतिशत बढेर ४ अर्ब ३७ करोड २६ लाख २७ हजार रुपैयाँ रहेको छ ।

पौष मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७१ पैसा बढेर ४२ रुपैयाँ ३६ पैसा रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको प्रतिशेयर ३२ रुपैयाँ ६५ पैसा रहेको थियो । लघुवित्तको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ७४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३७.३० गुणा रहेको छ । लघुवित्तको खराब कर्जा १.३४ प्रतिशत र कस्ट अफ फण्ड ६.९२ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्