देउवाले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना « Arthapath.com
२१ फाल्गुन २०७६, बुधबार

देउवाले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना



काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सरकारले भ्रष्टाचार बाहेक केहि काम नगरेको बताए ।

प्रेस यूनियन कैलालीले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले डल्लो बजेटमार्फत भ्रष्ट्राचार बढेको बताएका हुन । कांग्रेसले भ्रष्ट्राचार विरुद्ध आवाज उठाइरहेको उनले बताए। सुदूरपश्चिम प्रदेश सरकारले पनि भ्रष्ट्राचार बाहेक केहि काम गर्न नसकेको देउवाले बताए ।

एमसीसीले नेपाललाई ठुलो आर्थिक लाभ हुने देउवाको दावी छ । विश्वभरी फैलीरहेको कोभिड– १९ कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिने भन्दैसभापति देउवाले चिन्ता व्यक्त गरेका छन् । सम्मेलनमा बोल्दै कांग्रेस सभापति देउवाले मृगौला प्रत्यारोपण गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्