पनौती नगरपालिकाले बनायो राहत वितरणको मापदण्ड
काठमाडौं । दैनिक उपभोग्य बस्तुमा सबैले एकै प्रकारको राहत पाउन् भन्ने लक्ष्यसहित पनौती नगरपालिकाले राहत प्याकेज बनाएको छ । सरकारले राहत वितरणमा सहजता कायम गर्न मापदण्ड तयार पारेको वेला पानौती नगरपालिकाले पनि रहात प्याकेजको घोषणा गरेको हो ।
लकडाउनको समयमा वितरण गरिने राहतको मापदण्ड तयार पारेको छ । दैनिक उपभोग्य बस्तुमा सबैले एकै प्रकारको राहत पाउन् भन्ने लक्ष्यसहित सरकारले मापदण्ड बनाएको हो ।
लकडाउनका बेला सरकार तथा निजी क्षेत्रले दैनिक ज्यालादरीमा काम गर्ने मजदुरहरूलाई खाद्य सामग्री अभाव नहोस् भनेर राहत वितरण गर्दै छन् । मापदण्ड बनेपछि त्यसका लागि सहज वातावरण तयार हुने छ ।
