पञ्चकन्या ग्रुपले बैशाख १ गते राष्ट्रिय गान गाएर ऐकवद्धता जाहेर गर्ने « Arthapath.com
३० चैत्र २०७६, आईतवार

पञ्चकन्या ग्रुपले बैशाख १ गते राष्ट्रिय गान गाएर ऐकवद्धता जाहेर गर्ने



काठमाडौं । आज नोवेल कोरोना भाईरसबाट विश्व आक्रन्त छ । जसले धेरै मानिसको ज्यानलिई सकेको छ भने, संक्रमीतहुनेको सङ्ख्यापनि बढ्दो क्रममा छ । नेपाल पनि उक्त भाईरस बाट अछुतो छैन । तथापी यस पिडादायी क्षणमा सबै नेपाली एक हौ, र यो सबैलाई परेको समस्या हो, यस दुःखद समयमा मनोबल उच्च बनाउन आउदै गरेको नेपालीहरुको नयाँवर्ष २०७७ बैशाख १ गते विहान ठिक ८ बजे सवैले विश्वव्यापी रुपमा राष्ट्रिय गान गाएर ऐकवद्धता जाहेर गर्ने कार्यक्रम रहेको पञ्चकन्या ग्रुपले जानकारी दिएको छ ।

यस मानवीय सङ्कटको विषम परिस्थितीमा संयमित बनौ, सुरक्षीत र धैर्यतापुर्वक जो जहा जसरी रहनु भएको छ सोही स्थितिमा बसी सङ्कटलाई सामना गर्नु हुनेछ भन्ने आशा लिएका छौ, विज्ञप्तीमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्