कोरोना महामारीले पत्रकारीता क्षेत्रमा परेका असरबारे प्रदेशस्तरीय कार्यशाला « Arthapath.com
८ असार २०७७, सोमबार

कोरोना महामारीले पत्रकारीता क्षेत्रमा परेका असरबारे प्रदेशस्तरीय कार्यशाला



सञ्चार क्षेत्रमा कोरोना महामारीको असर र पत्रकार आचारसहिता विषयक वाग्मती प्रदेशस्तरीय कार्यशाला २०७७ धुलीखेलमा समपन्न भएको छ ।


प्रेस काउन्सिल नेपालको आयोजना, नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको समन्वय र काभ्रेपलाञ्चोक जिल्ला शाखाको संयोजनमा धुलिखेलमा भएकोे उक्त कार्यशालामा वाग्मती प्रदेशको उपत्यका बाहेकका जिल्लाका पत्रकारहरु सग अन्तरक्रीया गरीएको थियो ।


कार्यक्रममा नोभल कोरोना भाइरस कोभीड १९ बाट सञ्चार क्षेत्रमा परेको असर श्रमजिवी पत्रकारहरुको हत हित र अधिकारको बारेमा छलफल भएको थियो ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासघका अध्यक्ष गाोविन्द आचार्यले कोरोना भाइरले नेपाली सञ्चार क्षेत्रले धेरै चुनौती व्यहोर्न परेको बताएका छन । उनले छलफलमा उठेको प्रश्नको जवाफ दिदै श्रमजिवि पत्रकारहरुले आफनो पेशाबाट पलाएन हुन नपरोस भनेर पत्रकारको पेशागत सुरक्षा लागी महासघ लागीपरेको बताएका छन ।


कार्यक्रमा बोल्दै नेपाल नगरपालीका महासघका अध्यक्ष एवम् धुलीखेल नगरपालीकाका मेयर अशोक ब्याञ्जुले कोरोना भाइरसले सबै क्षेत्रमा असर पारेको बेला सञ्चार क्षेत्रमा पनी जटील समस्या आएको बताएका छन । उनले अव कोरोनाका कारण श्रमजीवी पत्रकारले भोगेको आर्थीक संकटलाई स्थानीय सरकार र राज्यले सहयोग गर्नु पर्ने बताएका छन ।


त्यस्तै कार्यक्रममा बोल्दै वागमती प्रदेशका सञ्चार रजिष्टर रेवती सापकोटाले वागमती प्रदेशका पत्रकारलाई कोरोना महामारीबाट बच्नका लागी सुरक्षाको सामार्गी उपलब्ध गराएको बताएका छन । उनले अब श्रमजीवी पत्रकार र मिडिया हाउसलाई राहत मिल्लने कार्यक्रम पनी वागमती प्रदेशको सञ्चार रजिष्टर कार्यलयले ल्याउने बताएका छन ।

प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले अग्रपङ्क्तिमा रहेर काम गर्ने सञ्चारकर्मीको हक हितका लागी काउन्सिलले सहयोग गरीरहेको बताएका छन । उनले सञ्चारकर्मीको बीमा, स्वास्थ्य परीक्षणलगायत पाँच बुँदे मागपत्र सरकारलाई पेश गरेको बताएका छन ।
कार्यक्रममा उपस्थीत भएका पत्रकारहरुले जोखिमको अवस्थामा काम गर्ने सञ्चारकर्मीलाई उनीहरुले गरेको सूचना समाचार सम्प्रेषणका आधारमा महासङ्घ, स्थानीय सरकार र राज्यले आवश्यक सहयोग गर्नुपर्ने बताएका छन ।


प्रतिक्रिया दिनुहोस्