नेपालीहरुको प्रतिब्यक्ति आय १ सय ३० डलरले बढ्यो « Arthapath.com
१९ असार २०७७, शुक्रबार

नेपालीहरुको प्रतिब्यक्ति आय १ सय ३० डलरले बढ्यो



काठमाण्डौ – नेपालीहरुको प्रतिब्यक्तिआय बढेको छ । विश्व बैंकलेसार्वजनिक गरेको तथ्याँकअनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गएको वर्षको तुलनामा १ सय ३० डलरले बढेर १ हजार ९० डलर पुगेको हो ।


२०१९ मा नेपालीहरुको प्रतिव्यक्ति आम्दानी १ हजार ९० अमेरिकी डलर भएको विश्व बैंकले जनाएको छ । विश्वबैंकको अनुसार १०३५ अमेरिकी डलरभन्दा कम प्रतिव्यक्ति आम्दानी हुने देश न्यून आयवर्गमा पर्दछ ।

अब नेपाल न्युन आय भएको देशबाट निम्नमध्यम आय भएको देशको सुचीमा पर्दछ । विश्वबैंकले संसारभरीका देशलाई उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न गरी चार आय वर्गमा वर्गीकरण गर्दै आएको छ ।

विश्व बैंकले १ हजार ३५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आय भएका देशहरुलाई न्यून आयवर्गमा, त्यसभन्दा माथि ४ हजार ४५ अमेरिकी डलरसम्म आम्दानी हुनेलाई निम्नमध्यम आयवर्गमा राखिएको छ । ४ हजार ४६ देखि १२ ३ सय ३५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आय हुनेलाई उच्च मध्यम वर्ग र त्यसमाथि जति पनि आय हुनेलाई उच्च आय वर्गमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्