धादिङमा पहिरोमा परेर एकैपरिवारका तीन जनाको मृत्यु « Arthapath.com
६ श्रावण २०७७, मंगलवार

धादिङमा पहिरोमा परेर एकैपरिवारका तीन जनाको मृत्यु



काठमाडौं । धादिङमा पहिरोमा पुरिएर एकैपरिवारको तीन जनाको मृत्यु भएको छ ।


मृत्यु हुनहरुमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड छन ।


मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी रुपक खड्काले बताए ।


प्रतिक्रिया दिनुहोस्