कोभिड १९ संक्रमणबाट विराटनगरमा एक वृद्धको मृत्यु « Arthapath.com
२० श्रावण २०७७, मंगलवार

कोभिड १९ संक्रमणबाट विराटनगरमा एक वृद्धको मृत्यु




ु काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट विराटनगरमा एक वृद्धको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिकाका ७७ वर्षका वृद्धमा संक्रमण मुत्यु भएपछि कोरोना पुष्टि भएको छ ।
ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि सोमबार विहान अस्पताल भर्ना गरीएको उनको कोशी अस्पतालमा उपचारका क्रममा रिपोर्ट नआउँदै मृत्यु भएकोे अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले जानकारी दिए ।


मुत्यु भएको करिब एक घण्टापछि पोजेटिभे रिपोर्ट आएको थियो ।

मधुमेहको समस्या भएका उनलाई चार दिनयता ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
यो संगै नेपालमा कोरोना संक्रमणका मुत्यु हुनेको संख्या ५८ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्