जनकपुरका पूर्वमेयर गिरीको कोरोना संक्रमणबाट मृत्यु « Arthapath.com
२८ श्रावण २०७७, बुधबार

जनकपुरका पूर्वमेयर गिरीको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणको लागि ५६ हजार ७० कित्ता सेयर बिक्री गर्न लागेको छ ।


कम्पनीले आफनो जारी पुँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीले निष्कासन गर्न लागेको कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र अर्को ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरेको छ।


सर्वसाधारणले प्रतिकित्ता एक सय रुपैयाँमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । आइपिओ बिक्री नभएमा ढिलो अवधिमा भदौ २२ गतेसम्म आवेदन दिन सकिने छ ।

आवेदकहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।


कम्पनीले आइपिओ बिक्रीका लागि बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडलाई तोकेको छ। निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ। यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर वित्तिय अवस्था रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्