भदौ १६ गतेबाट पनि वायु सेवा सञ्चालन गर्न नदिए सञ्चालकले आन्दोलन गर्ने « Arthapath.com
२८ श्रावण २०७७, बुधबार

भदौ १६ गतेबाट पनि वायु सेवा सञ्चालन गर्न नदिए सञ्चालकले आन्दोलन गर्ने



काठमाडौं । आउदो भदौ १६ गतेबाट हवाई सेवा पुन सञ्चालन नभए सञ्चालकले आन्दोलनमा जाने घोषणा गरेका छन ।


उनीहरुले आन्तरिक हवाई सेवा उद्योगलाई तत्कालै संचालनमा नल्याउने हो भने सेवा नै बन्द हुन जाने पनी बताएका छन ।


कोरोना भाइरसको कोभिड १९ का कारण देशमा गत चैत ११ गते लकडाउन भएसंगै चार्टर्डवाहेक नियमित उडान बन्द भएका छन ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओल तथा आइकाओले निर्धारण गरेको मापदण्डलाईे उडान संचालनका लागि सम्पूर्ण तयारी पुरा भएको बताएका छन ।


सरकारले भदौ १ गतेबाट उडान संचालन गर्ने यसअघि घोषणा गरेको थियो । तर मंगलबार भदौ १५ सम्म बन्द गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्