सुन ८ सयले बढेर ९८ हजार ६ सय कायम « Arthapath.com
३० श्रावण २०७७, शुक्रबार

सुन ८ सयले बढेर ९८ हजार ६ सय कायम



काठमाडौं । विश्वव्यापी रुपमा कोरोना महामारी फैलिरहेकोले बजार सेलाई रहेको छ । आर्थिक रुपमा विश्व बजार नै मन्दी लागेको छ । तर सुनले भने बजार तताई रहेको छ । दिनप्र्रतिदिन आफ्नै रेकर्ड तोड्दै गईरहेको सुनको मूल्यमा शुक्रवार फेरि बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ८ सय रुपैयाँले बढेर तोलाको ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसैगरी चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय ५५ रुपैयाँ रहेको छ ।

अन्तराष्ट्रिय बजारमा शुक्रवार सुन प्रतिऔंस १९५२.६४ डलरमा कारोबार भएको छ । चाँदी प्रतिऔंस २७.३२ डलर रहेको छ ।


प्रतिक्रिया दिनुहोस्