रुपन्देहीमा ११ जना कोरोना संक्रमित थपिए « Arthapath.com
३० श्रावण २०७७, शुक्रबार

रुपन्देहीमा ११ जना कोरोना संक्रमित थपिए



काठमाडौं । रुपन्देहीमा जिल्लामा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित ११ जनाले स्वेच्छाले निजी प्रयोगशाला नेशनल प्याथ ल्याबमा शुल्क तिरेर पीसीआर परीक्षण गराएका थिए ।

उनीहरु बुटवल उपमहानगरपालिकाका ५ जना र सिद्धार्थननगर नगरपालिका भैरहवाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । योसंगै रुपन्देहीमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय १७ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्