थप ५९४ जनामा कोरोना संक्रमण, जम्मा संक्रमित २५ हजार ५५१ जना पुगे « Arthapath.com
३० श्रावण २०७७, शुक्रबार

थप ५९४ जनामा कोरोना संक्रमण, जम्मा संक्रमित २५ हजार ५५१ जना पुगे



काठमाडौं । नेपालमा थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा नेपालमा थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २५ हजार ५५१ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १७ हजार ७७ उपचारपछि निको भएका छन् ।


प्रतिक्रिया दिनुहोस्