शुक्रबार थप ९ सय २७ जनामा कोरोना,काठमाडौं उपत्यकामा ४१५ « Arthapath.com
१२ भाद्र २०७७, शुक्रबार

शुक्रबार थप ९ सय २७ जनामा कोरोना,काठमाडौं उपत्यकामा ४१५



काठमाडौं । शुक्रबार थप ९सय २७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा आज थप ९ सय २७ जनामा कारोना संक्रमण देखिएको बताइएको छ ।


यो संगै हालसम्म कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ६९ जना कोरोना संक्रमित निको भएका छन । यो संगैहालसम्म २० हजार २ सय ४२ जना कोरोना संक्रमित निको भएका छन ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय १५ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्यसैगरी आज सबैंभन्दा धेरै १२ जना कोरोना संक्रमितको मुत्यु भएको छ । यो संगै कोरोनाबाट मुत्यु हुनेको संख्या १९५ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्