मुग्लिन–नारायणगढ सडक एकतर्फी मात्र सञ्चालन « Arthapath.com
२४ भाद्र २०७७, बुधबार

मुग्लिन–नारायणगढ सडक एकतर्फी मात्र सञ्चालन



काठमाण्डौ – चितवनमा विभिन्न ठाउँमा पहिरो गएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी मात्र गाडी चलेको छ ।

आज बिहान कालीखोला आसपास मुसलधारे पानी परेको थियो । त्यसपछिरामनगर र तीन किलोमा पहिरो र पहिरोकोलेदो झरीरहेकोले सडक एकतर्फी रुपमा चलिरहेको चितवन प्रहरीले जनाएको छ ।

साना–साना खोल्सा पनि पानी परेसंगै गाडी वारपार गर्न समेत कठिन भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्