खोलाले बगाउँदा दम्पत्तीको ज्यान गयो « Arthapath.com
११ आश्विन २०७७, आईतवार

खोलाले बगाउँदा दम्पत्तीको ज्यान गयो



काठमाडौं । मकवानपुरमा खोलाले बगाउदा श्रीमान श्रीमतीको ज्यान गएको छ ।
मकवानपुरको सामरी खोलाले बगाउँदा आइतबार एक दम्पतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा मकवानपुरगढी गाउँपालिका ६ का ६२ वर्षीय ज्ञानबहादुर परियार र उनकी ६१ वर्षीया श्रीमती तुलसा परियार रहेको मकवानपुर प्रहरीले बताएको छ ।

उनीहरुलाई मकवानपुरगढी गाउँपालिकाको झल्ला भन्ने ठाउँमा सामरी खोला तर्ने क्रममा आज विहान खोलाले बगाएको हो ।
उनीहरुको लास खोलाले बगाएर करिब ६५ मिटर तल र्पुयाएपछि फेला पारेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्