दुई बैंकको शेयरमूल्य समायोजन, कुनको कति ? « Arthapath.com
२९ पुष २०७७, बुधबार

दुई बैंकको शेयरमूल्य समायोजन, कुनको कति ?



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ ।
आज शेयर मुल्य समायोजन हुनेमा नारायणी डेभलपमेन्ट बैंक र ज्योति विकास बैंकको शेयरमूल्य समायोजन भएको हो ।

जसमा नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्काशनको लागी र ज्योति विकास बैंकले साधारण सभा तथा लाभांश वितरणको लागी बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य तोकेको हो ।


नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद शेयर समायोजन गरी नेप्सेले नयाँ मूल्य तोकेको हो। बैंकको समायोजित शेयरमूल्य ४६५ रुपैयाँ रहेको छ। मंगलबार बैंकको शेयर प्रतिकित्ता ८२९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

त्यस्तै शेयर मुल्य समायोजन भएको ज्योति विकास बैंकको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन गरेसंगै बैंकको शेयरमूल्य २ सय १८ रुपैयाँ तोकिएको छ । मंगलबार बैंकको शेयर प्रतिकित्ता २४१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्