सहुलीयतपूर्ण कर्जा प्रवाहका लागि दुप्चेश्वरमा त्रिपक्षिय सम्झौता « Arthapath.com
६ माघ २०७७, मंगलवार

सहुलीयतपूर्ण कर्जा प्रवाहका लागि दुप्चेश्वरमा त्रिपक्षिय सम्झौता



नुवाकोट ।सहुलीयतपूर्ण कर्जा प्रवाहका लागि हिजो सोमबार दुप्चेश्वर गाउँपालीका, ज्योति विकास बैंक समुन्द्रटार शाखा र नुवाकोट उद्योग वाणिज्य संघबीच त्रिपक्षिय सम्झौता भएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा जारी सौैलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्वन्धि एकिकृत कार्यविधि २०७५ (तेस्रो शंशोधन २०७७) बमोजिम दुप्चेश्वर गाउँपालीका क्षेत्रका उद्यमी व्यवसायिको लागि उद्यमशिल कर्जा दुप्चेश्वर गाउँपालीकाको सिफारिसमा लगानी गर्ने तथा वैंकद्वारा लगानी गरिएका उद्यमीलाई दुप्चेश्वर गाउँपालीका तथा नुवाकोट उद्योग वाणिज्य संघले प्राविधिक सहयोग गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा गाउँपालीकाको तर्फवाट अध्यक्ष योविन्द्र सिंह तामाङ, नुवाकोट उद्योग वाणिज्य संघको तर्फवाट प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र वैंकको तर्फवाट ज्वति विकास वैंकका क्षेत्रिय प्रमुख राकेश डंगोलले हस्ताक्षर गरेका छन । उक्त सम्झौताको समयावधि नेपाल राष्ट्र बैंकबाट व्याज अनुदान कार्याविधिले तोके बमोजिम रहने छ ।

कार्यक्रममा दुप्चेश्वर गाउँपालीकाका अध्यक्ष योविन्द्र सिंह तामाङले गाउँपालीकाको आर्थिक तथा नीजि क्षेत्रको विकासका लागि पालीकाको नीति तथा कार्यक्रममा समेत उच्च प्राथमिकता दिईएको कारण आजको यो कार्यक्रम गर्न सम्भव भएको बताए । दुप्चेश्वर गाउँपालीमा कृषि उद्यमको उच्च सम्भावना भएकोले यस क्षेत्रमा त्यस्तो उद्यम व्यवसाय संचालन गरेमा पालीकाद्वारा गर्नुपर्ने सहयोगका लागि सदैव पालीका तयार रहने र ढुक्क भएर लगानी गर्नका लागि आग्रह समेत गरेका छन । अहिले भएको सम्झौतामा भएका शर्तको पालनाका लागि गाउँपालीका गर्नुपर्ने निर्णय तथा कामका लागि प्रक्रिया शुरु भईसकेको उनले जानाएका छन । । दुप्चेश्वर धार्मीक तथा कृषि पर्यटनको समेत प्रचुर सम्भावना भएको क्षेत्र भएकोले त्यस तर्फ पनि लगानी गर्नका लागि उहाँले नीजी क्षेत्र समक्ष आग्रह गर्नु भएको थियो ।

यसैगरी नुवाकोट उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठले आगामि दिनमा दुप्चेश्वर गाउँपालीका क्षेत्रको आर्थिक विकासका लागि संघले निरन्तर सहयोग गर्ने र यस क्षेत्रका उद्यमिको विकासका लागि दुप्चेश्वर, तादि लगायत यस क्षेत्रको उद्यम विकास प्रवद्र्धन गर्नका लागि संघले विशेष व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । सम्झैताका शर्तको पालना गर्नका लागि संघले आवस्यक नितिगत निर्णय तथा अन्य व्यवस्थापन समेत गरीरहेको बताए ।

कार्यक्रममा बोल्दै ज्योति विकास बैंकको तर्फबाट क्षेत्रिय प्रमुख राकेश डंगोलले वैंकद्वारा कृषि क्षेत्रको सम्भावना देखेर नै कृषक मैत्रि ऋणका प्याकेजहरु निर्माण गरिरहेकोले ढुक्क हुन आग्रह गदै लिईएको ऋणको सदुपयोगका लागि बैंक पालीका, उद्योग वाणिज्य संघका साथै सरोकारवालाद्वारा समेत सहयोग प्राप्त गर्ने अपेक्षा व्यक्त गरेका छन । विना धितोमा बैंक द्वारा ऋण प्रवाह भईरहेकोमा अवका दिनमा पनि केहि उद्यम व्यवसाय गर्ने सोच भएका मेहनति उद्यमि व्यवसायि लगानिको अभावमा निरास हुनु नपर्ने र वैंकले सहयोग गर्ने उनले बताए ।

कस्ता व्यवसायीले पाउँछन् कर्जा, व्याज कति पर्छ ?

व्यवसायिक कृषि तथा पशुपंक्षि कर्जा पाँच करोड रुपैयाँसम्म, शिक्षित युवा स्वरोजगार कर्जा सात लाख रुपैयाँसम्म, विदेशबाट फर्किएका युवा स्वरोजगार कर्जा दश लाख रुपैयाँसम्म, महिला उद्यमशिल कर्जा पन्ध्र लाख रुपैयाँसम्म, दलित समुदाय व्यवसाय विकास कर्जा दश लाख रुपैयाँसम्म, उच्च र प्राविधिक तथा व्यवसायिक कर्जा पाँच लाख रुपैयाँसम्म र भूकम्प पीडितहरुको नीजी आवाश निर्माण कर्जा तीन लाख रुपैयाँसम्म लिन सकिन्छ । यसैगरि व्यावसायिले ३ देखि ४ प्रतिशतसम्म व्याज तिर्नुपर्ने छ भने ५ देखि ६ प्रतिशतसम्म व्याज नेपाल सरकारले तिरिदिने व्यवस्था रहेको छ । हाल नेपालका वाणिज्य वैंकको व्याजदर ८ देखि १० प्रतिशतको विचमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्