मेरोमाइक्रोफाइनान्सले दियो ट्राफिक प्रहरीलाई फ्लोरोसेन्ट ज्याकेट « Arthapath.com
७ माघ २०७७, बुधबार

मेरोमाइक्रोफाइनान्सले दियो ट्राफिक प्रहरीलाई फ्लोरोसेन्ट ज्याकेट



काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाण्डौंलाई २०० थान फ्लोरोसेन्ट ज्याकेट प्रदान गरेको छ ।
सडक दुर्घटना न्यूनिकरण गर्न सहयोग पुग्ने उद्धेश्यले प्रदान गरेको उक्त संस्थाले जनाएको छ ।

उक्त ज्याकेट संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल, प्रबन्धक राजु प्रसाद पुडासैनी लगायतको उपस्थितिमा महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाण्डौंका प्रमुख जनक भट्टराईलाई आज बुधबार हस्तान्तरण गरिएको हो ।

ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनिकरण कम गर्न बिभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको सन्दर्भलाई स्मरण गर्नुहुदै रात्रिकालिन समयमा लोरोसेन्ट ज्याकेटको अभाबमा प्रहरीहरु नै दुर्घटनाको सिकार भएका खबरहरु समाचार माध्यमह?मा आउने गरिएकोले ज्याकेट बितरण गरिएको प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले बताए ।

महानगरीय प्रमुख भट्टराईले आम जनताको सुरक्षामा अहोरात्र खटिरहेका प्रहरीहरुलाई संस्थाले गरेको सहयोगलाई आभार प्रकट गर्नुहुदै समाजमा शान्ति सुरक्षा कायम गराउन समेत सहयोग मिलेकोले कार्यमा अझै उत्साह मिल्ने बताएका छन ।

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालय मार्फत करिब १ लाख २५ हजार घरपरिवारहरुमा वित्तीय सेवा पु¥याइ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्