ककनीका सुरज राप्रपा युवाको सहसंयोजक « Arthapath.com
२२ श्रावण २०७६, बुधबार

ककनीका सुरज राप्रपा युवाको सहसंयोजक



काठमाडौं÷ नुवाकोट ककनीका कृष्णबहादुर घले (सुरज) राप्रपा प्रजातान्त्रिक र एराप्रपा राष्ट्रवादी एकतापछि बनेको युवा सङ्गठनको सहसंयोजकमा चयन भएका छन् ।
राप्रपा संयुक्तको शुक्रबार पार्टी केन्द्रीय कार्यालय चाबहिलमा सुरजलाई संयुक्त युवाको सहसंयोजकको चिठ्ठी संयोजक रवीन्द्रप्रताप शाहले हस्तान्तरण गरेका हुन् । यसअघि राप्रपा प्रजातान्त्रिकका युवक सङ्गठनको केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्र नं. १ को क्षेत्रीय संयोजक रहेका थिए ।
पार्टीमा इमानदार सुरजले जिम्मेवारी ग्रहण गर्दै आगामी दिनमा पार्टीलाई नयाँ उचाइमा पु¥याउने बताए । कार्यक्रममा केन्द्रीय सदस्य तथा नेतागणहरूको उपस्थिति रहेको थियो । पार्टी एकतामा थप गति दिने र युवाबीच राप्रपा संयुक्तलाई चलायमान बनाउने सुराजले बताए ।


प्रतिक्रिया दिनुहोस्