अर्थमन्त्री खतिवडाको पुर्ननियुक्ती र सपथ बुधबार हुने « Arthapath.com
२० फाल्गुन २०७६, मंगलवार

अर्थमन्त्री खतिवडाको पुर्ननियुक्ती र सपथ बुधबार हुने



काठमाडौं । मंगलबार राती १२ बजेबाट राष्ट्रियसभा सदस्य पद सकिएका अर्थमन्त्री डा. युवराज खतिवडाको पुर्न नियुक्ती भोली हुनेछ । खतिवडाले मंगलबारै राष्ट्रपतिसमक्ष राजिनामा दिएका छन ।

उनको पुर्ननियुक्ती नहुन्जेल खतिवडाले सम्हाल्दै आएका अर्थ र संचार मन्त्रालय प्रधानमन्त्री कार्यालय अन्र्तगत राखिएको छ । खतिवडा राष्ट्रिय सभा सदस्यमा पुर्ननियुक्ती भने भएका छैनन् ।

उनको कोटामा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई लैजाने पार्टी सचिवालयले गरेको निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यन्वयन गरेका छैनन् । ताकि ओलीले खतिवडालाईनै निरन्तरता दिएका पनि छैनन् । अव खतिवडाको बाँकी ६ महिना राष्ट्रिय सभा सदस्य नभएपनि मन्त्री बन्न पाउनेछन ।

मन्त्री खतिवडाले कार्यकाल सकिनुअगावै राजिनामा दिएका छन । अव खतिवडाले भोली राष्ट्रपति समक्ष सपथ लिनुपर्नेछ । त्यसपछि पुन पदमा बहाल रहन पाउनेछन । राष्ट्रपतिले संविधानको धारा ७८ अनुसार खतिवडालाई पुनः अर्थमन्त्री नियुक्त गर्न सक्नेछिन ।

खतिवडासँगै आजैदेखी राष्ट्रिय सभाका १८ सांसदको पदावधी सकिएको छ । मंगलबारदेखि बिदा हुने राष्ट्रियसभा सदस्यहरुमा नेकपाबाट ८, नेपाली कांग्रेसका ६, राजपाका २, समाजवादी पार्टी नेपालका १ र राष्ट्रपतिबाट मनोनित एक जना गरी १८ रहेका छन् । दुई बर्षे कार्यकाल भएका कांग्रेसकासांसद दुर्गाप्रसाद उपाध्याय यसअघिनै निधन भैसकेको छ ।


प्रतिक्रिया दिनुहोस्