३ हप्तासम्म सर्वाेच्च अदालत बन्द गर्न माग « Arthapath.com
४ चैत्र २०७६, मंगलवार

३ हप्तासम्म सर्वाेच्च अदालत बन्द गर्न माग



काठमाडौं । कोरोना भाईरस विश्वव्यापी रुपमा फैलिरहेका अवस्थामा बार एशोसियसनले ३ हप्तासम्म सर्वाेच्च अदालत बन्द गर्न माग गरेको छ । मंगलवार सर्वाेच्च बारको कार्यसमिति बैठकले सर्वोच्च अदालतलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

देशका विभिन्न भागबाट यात्रा गरी सर्वोच्च अदालत आउनुपर्ने सेवाग्राही र कानुन व्यवसायीको भिड लाग्ने भएकाले कोरोना भाइरसको सम्भावित जोखिमलाई ख्याल गर्दै अदालत बन्द गर्नुपर्ने सर्वोच्च बारको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

संक्रमणको स्थितिलाई न्यूनिकरण गर्न र सावधानी अपनाउन बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य मुद्दा सुनुवाई नगर्न बारले माग गरेको हो । बारको आकस्मिक बैठकले यस्तो निर्णय गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई ध्यानाकर्षण गराएको छ ।


प्रतिक्रिया दिनुहोस्