मन्त्रीहरुको चैत महिनाको तलव कोरोना नियन्त्रण कोषमा जाने « Arthapath.com
२० चैत्र २०७६, बिहीबार

मन्त्रीहरुको चैत महिनाको तलव कोरोना नियन्त्रण कोषमा जाने



काठमाडौं । सरकारले सुरु गरेको कोरोना नियन्त्रण कोषमा सबै मन्त्रीको एक÷एक महिनाको तलब जाने भएको छ ।

सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार मन्त्रीहरुको चैत महिनाको तलब त्यही कोषमा जम्मा हुनेछ । उक्त कोषमा मन्त्रीहरुको एक महिनाको तलब योगदान हुने मन्त्रिपरिषदले निर्णय गरेको हो ।

त्यो कोषमा सरकारको ५० करोड रहेको छ । प्रवक्ता खतिवडका अनुसार यतिबेला सरकारले सार्वजनिक संस्थान, नीजि क्षेत्र, सामाजिक संस्थालाई पनि उक्त कोषमा योगदानको रकम राख्न भनिएको छ । त्यो रकम खर्च गर्ने ठाँउको बारेमा जानकारी गराएको र कोष सन्चालनको लागि कार्यविधि पनि बनेको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्