प्रदेश ५ का मुख्यमन्त्रीको आपत्ति, लकडाउनको अर्थ के हो ? « Arthapath.com
२७ चैत्र २०७६, बिहीबार

प्रदेश ५ का मुख्यमन्त्रीको आपत्ति, लकडाउनको अर्थ के हो ?



काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका नागरिकलाई गाउँ जान दिने निर्णयमा प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले आपत्ति जनाएका छन्।

सरकारको निर्णयपछि फेसबुकमा स्टाटस लेख्दै मुख्यमन्त्री पोखरेलले आपत्ती जनाएका हुन्। उनले काठमाडौंबाट बाहिर जान दिने र बाहिरबाट काठमाडौं जान दिने कुरा सत्य होइन होला भन्दै लकडाउनलाई लकडाउन नै बनाउनुपर्ने बताएका छन्।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ११ देखि लकडाउन गरेको छ। सुरुमा एक हप्ताका लागि घोषित लकडाउन वैसाख ३ गते सम्मको लागि बढाइएको छ।

गाडी नपाएपछि पैदल नै लामो यात्रामा गइरहेका बेला उच्चस्तरीय समन्वय समितिले बिहीवार गाउँ जान चाहनेलाई जान दिनेबारे छलफल अघि बढाएको थियो।

https://www.facebook.com/shankar.pokhrel.946


प्रतिक्रिया दिनुहोस्