नेकपाले मंगलबार सचिवालय बैठक बोलायो « Arthapath.com
१५ बैशाख २०७७, सोमबार

नेकपाले मंगलबार सचिवालय बैठक बोलायो



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंगलबार सचिवालय बैठक बोलाएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार विहान भेटवार्ता भएको थियो ।

केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षको छलफल सकिएपछि भोली बैठक बोलाएको हो । बैठकमा ओली समूहबाट नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ र शंकर पोखरेल सामेल भएका थिए भने नेपाल समूहबाट भीम रावल, भीम आचार्य, रघुजी पन्त र सुरेन्द्र पाण्डे सामेल भएका थिए।


प्रतिक्रिया दिनुहोस्