नेकपा सचिवालय बैठक बुधवार साँझ बस्ने

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधवार बस्ने भएको छ । बैठक बुधवार साँझ ५ बजेका लागि तय भएको एक सचिवालय सदस्यले जानकारी दिए ।
पार्टीमा पछिल्लो समय देखिएको विवाद समाधान गर्न नेताहरूले तत्काल बैठक बोलाउन माग गरिरहेका थिए । यसअघि मंगलवार नै बैठक बस्ने भनिएता पनि बैठक बस्न सकेको थिएन ।