कोरोना संक्रमित बढ्दो, आजै थपिए २ सय २६ जना

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा संक्रमितको संख्या आज एकै दिन २ सय २६ जना थप भएको छ । सोमबार दैलेखामा ४१ जना कपिलवस्तुमा ४० जना र सर्लाहीमा ३८ जना नयाँ संक्रमित थपिएका हुन । आज एकै दिन २ सय २६ जनामा संक्रमण भएसंगै यो हालसम्मै उच्च हो ।
आज दिउसोसम्म १८ सय जनामा संक्रमण देखिएको जनाइएको छ । देशका ५९ जिल्लामा गरी करिव १८ सय जनामा संक्रमण देखिएको हो ।
तराईका विभिन्न जिल्लामा नयाँ संक्रमित थपिनेक्रम तिब्र छ ।
नेपालमा ७१ हजार ९ सय ३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म २ सय २१ जना निको भएर घर फर्किएका छन ।