खेलकुद परिषदकाे सदस्यसचिवमा पुन: सिलवाल नियुक्त « Arthapath.com
१२ श्रावण २०७७, सोमबार

खेलकुद परिषदकाे सदस्यसचिवमा पुन: सिलवाल नियुक्त



काठमाडाैं । राष्ट्रिय खेलकुद परिषदकाेे सदस्यसचिवमा पुन: रमेश सिलवाल नियुक्त भएका छन । साेमबार बसेकाे मन्त्रीपरिषद बैठकले पुर्व सदस्यसचिव सिलवाललाई पुन: नियुक्त गरिएकाे छ ।

नयाँ खेलकुद ऐन जारी प्रश्चात सिलवाल गत असार १० गते पदमुक्त भएका थिए । सदस्यसचिवकाे लागी २ दर्जनभन्दा बढीले दावी गरेका थिए । सिलवाललाई सरकारले १ वर्षअघि नियुक्त गरेकाे थियाे । सिलवाल धादिङमा जन्मिएका व्यक्ति हुन ।

ओलि निकट रहेका रहेका सिलवाल गाेल्डेनगेट कलेजका सिईओसमेत हुन ।

सदस्य-सचिवका लागि सिफारिस समितिले सिलवालसँगै लीलबहादुर थापामगर र अन्जु श्रेष्ठको नाम युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरेको थियो । 


प्रतिक्रिया दिनुहोस्