मंगलबार सुन तोलामा ७ सयले बढ्यो « Arthapath.com
१३ श्रावण २०७७, मंगलवार

मंगलबार सुन तोलामा ७ सयले बढ्यो



काठमाण्डौ । मंगलबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।


केही सातादेखि लगातार उकालो लागेको सुनको भाउ आज तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


सोमबार तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेको छ ।


यस्तै आज चाँदी पनि तोलामा ३५ रुपैयाँ बढेर तोलाको १२ सय ४५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्