काठमाडौं उपत्यकामा १५ जनामा कोरोना संक्रमण « Arthapath.com
१४ श्रावण २०७७, बुधबार

काठमाडौं उपत्यकामा १५ जनामा कोरोना संक्रमण



काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार १५ जनामा कोरोना संक्रमण भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १४ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको हो ।


संक्रमितहरु यी दुवै जिल्लाका कुन ठाउँका हुन् भन्ने मन्त्रालयले केही खुलाएको छैन । मंगलबार पनि काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना संक्रमण देखिएको थियो ।
यससँगै बुधबार देशभरमा २१० जनामा कोरोना संक्रमण देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्