मंगलबार सुन तोलामा ८ सयले घट्यो « Arthapath.com
२७ श्रावण २०७७, मंगलवार

मंगलबार सुन तोलामा ८ सयले घट्यो



काठमाण्डौ । मंगलबार सन तोलामा ८ सय रुपैयाँले घटेको छ ।


आज सुन तोलामा ८ सयले घटेर तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


सोमबार सुन तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको एक लाख दुई हजार ४ सय रुपैया कायम भएको थियो ।


त्यस्तै चाँदी आज तोलामा ४० रुपैयाँ बढेर तोलाको १४ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


लगातार उकालो लागेर तोलाको एक लाख ३ हजार ५ रुपैयाँसम्म कायम भएको सुनको भाउ आइतबारदेखि लगातार घट्न थालेको छ ।


प्रतिक्रिया दिनुहोस्