विदेशीनुपर्ने बाध्यता हट्छ : प्रधानमन्त्री ओली « Arthapath.com
२८ श्रावण २०७७, बुधबार

विदेशीनुपर्ने बाध्यता हट्छ : प्रधानमन्त्री ओली



२६ लाख युवा बाहिर रहेकामा प्रधानमन्त्री ओली दुखित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता हटाउने बताएका छन् । बुधवार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित विशेष कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेश जानुपर्ने बाध्यता हटाउने गरी सरकारले काम गरिरहेको दावी गरेका छन् ।

३ करोड जनसंख्या भएको देशका २६ लाख युवा बाहिर हुनु खुसीको कुरा नभएको बताउँदै देश निर्माण गर्नुपर्ने मुख्य शक्ति नै देश बाहिर जानुपर्नेमा उनले दुख ब्यक्त गरे ।

देशमा अहिले ६० प्रतिशत जनसंख्या सक्रिय जनशक्ति रहेको र त्यस मध्ये पनि ४० प्रतिशत युवा रहेकोले युवाजनशक्ति नै नेपालको विकासको अहाधार भएको बताए ।


प्रतिक्रिया दिनुहोस्