ग्लोबल आइएमई बैंकको नेपालगंज साखाका २० र नविल बैंकको कान्तिपथ साखाका १ जनामा देखियो कोरोना « Arthapath.com
२९ श्रावण २०७७, बिहीबार

ग्लोबल आइएमई बैंकको नेपालगंज साखाका २० र नविल बैंकको कान्तिपथ साखाका १ जनामा देखियो कोरोना



काठमाडौं । ग्लोबल आईएमई बैंकको नेपालगंजमा अवस्थीत ३ ओटा साखाका २० जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ ।

तराईका जिल्लाहरुमा कोरोनाको उच्च जोखिम बढेसंगै बाँके जिल्लाको नेपालगंजमा अवस्थीत ग्लोबल आईएमई बैंकका ३ साखाका कर्मचारीमा कोरोना देखिएको हो ।

नेपालगंजका ३८ जना कर्मचारीमा पिसिआर परिक्षण गर्दा २० जनामा कोरोना भेटिएको थियो । उनिहरु ३ ओटा साखामा कार्यरत कर्मचारी थिए ।

त्यसैगरी नविल बैंकको कान्तिपथ साखाका १ जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको हो । नविल बैंकमा कार्यरत १ कर्मचारी विगत १० दिनदेखी कोरोनाको लंक्षण देखिएपछि विदामा बसेकि थिइन । बुधबार ति कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

नविल बैंकको कान्तिपथ साखामा कार्यरत १४ जना कर्मचारीहरुलाई बैंकले पिसिआर परिक्षण गराएको बैंकले जनाएको छ । नविल बैंकको कान्तिपथ साखा बन्द रहेको छ ।


प्रतिक्रिया दिनुहोस्