कोरोनाबाट थप चार जनाको मृत्यु « Arthapath.com
२९ श्रावण २०७७, बिहीबार

कोरोनाबाट थप चार जनाको मृत्यु



काठमाडौं । कारोना भाईरसबाट थप चार जनाको मृत्यु भएको छ । योसंगै कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ९५ जनाको मृत्यु पुष्टि भएको छ ।


प्रतिक्रिया दिनुहोस्