ओली र मोदीविच १० मिनेट टेलिफोन वार्ता, के के भने ओलीले मोदीलाई ? « Arthapath.com
३१ श्रावण २०७७, शनिबार

ओली र मोदीविच १० मिनेट टेलिफोन वार्ता, के के भने ओलीले मोदीलाई ?



काठमाडौं । नेपालको सिमा क्षेत्रमा भारतले मिचेर सडक बनाएपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविच लामो समयदेखी संवाद हुन सकेको थिएन । शनिबार अपरान्ह नेपालका प्रधानमन्त्री ओली र भारतिय प्रधानमन्त्री मोदीविच १० मिनेट कुराकानी भएको छ ।

नेपालले आफ्नो भुमिमा भारतले सडक खनेको भन्दै भारतको कडा आलोचना गरेका ओली र मोदीविच कुराकानी भएको थिएन । ओलीले नेपालको लिपुलेक लिम्पुराधुरा क्षेत्र समेटेर नयाँ नक्सानै जारी गरेपछि भारतले कुनै प्रतिक्रयानै नदिइ नेपालले गरेको बार्ता आह्वानलाई समेत बेवस्था गरी बसेको थियो ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुई देशविच देखिएका सिमा लगायतका समस्यामा द्विपक्षीय विषयमा छलफल गर्न सहमति भएको छ । प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग शनिबार १० मिनेट टेलिफोनमा कुराकानी भएको परराष्ट्र मन्त्रालयद्वरा जारी विज्ञेप्तीमा जनाइएको छ ।

कुरकानीमा भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई बधाई एवं शुभकामना व्यक्त गरे । प्रधानमन्त्री ओलीले नेपाल सरकार, नेपाली जनता र आफ्नोतर्फबाट प्रधानमन्त्री मोदी र भारतीय नजतालाई शुभकामना दिए ।

मोदीसंगको कुराकनीमा ओलीले कोरोना भाइरस विरुद्धको भ्याक्सिनको विकासमा जोड दिन भारतलाई आग्ह गरे । ओलीले विश्वका वैज्ञानिकले कोरोना विरुद्धको खोप विकास गर्न ध्यान दिन आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्