नाममात्रको निषेधाज्ञा, भिडभाड बढ्यो बजार पनि खुल्दै ( यस्तो छ बिहिबार राजधानीको सडक तस्विरसहित) « Arthapath.com
१८ भाद्र २०७७, बिहीबार

नाममात्रको निषेधाज्ञा, भिडभाड बढ्यो बजार पनि खुल्दै ( यस्तो छ बिहिबार राजधानीको सडक तस्विरसहित)



काठमाडौं । विहिबारदेखी स्थानिय प्रशासाले तेस्रो चरणको निषेधाज्ञा जारी गरेको छ । सरकारले कोरोनाको संक्रमित बढेपछि स्थानियस्तरको अवस्था हेरेर निषेधाज्ञा जारी गर्ने अधिकार स्थानिय प्रशासनलाई दिएको थियो ।

उपत्यकाको ३ जिल्ला आजदेखी तेस्रो चरणको निषेधाज्ञा जारी भएको छ । कोरोनाको संक्रमित दिनानुदिन बढ्दै जाँदा उपत्याकाका जनप्रतिनिधिहरुले कर्फ्यू लगाउन माग गरेका थिए । तर स्थानिय प्रशासनले पु्न १ साताको लागी निषेधाज्ञा थप गरेको छ ।

बुधबार सांझ उपत्यका सिडिओहरुको बैठकले १ साता निषेधाज्ञा जारी राख्ने निर्णय गरेका छन । तर बिहिबार बजारमा अघिभन्दा बढी भिडभाड देखिन्ये । अत्यआवश्यक बाहेकका स्टेश्नरी, फेन्सीपसलदेखी रक्सी पसलसम्म बिहानमा खुलेका छन भने सडकमा सवारीको चप बढ्दो छ ।

बिहिबार सडकमा सरक्षाकर्मी र ट्राफिक कम देखिएका छन भने बजार प्रायः खुलेका छन । स्थानिय प्रशासनले अत्यआवश्यक खाद्यबस्तु खरिद गर्ने समय बिहान ९ बजेसम्म रहेकोमा ११ बजे पुर्याएकोले बजारमा भिडिभाड बढेको छ ।

त्यसैगरी विकासका कमा नरोक्ने भन्दै स्थानिय प्रशासनले विहिबारदेखी निर्माणसँग संबन्धीत पसलहरु दिउसो २ बजेदेखी बेलुकी ९ बजोसम्म खोल्न दिने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्