स्कुल कलेज संचालनमा अझै प्रतिवन्ध (यी हुन प्रतिबन्धीत ८ बुँदा) « Arthapath.com
२४ भाद्र २०७७, बुधबार

स्कुल कलेज संचालनमा अझै प्रतिवन्ध (यी हुन प्रतिबन्धीत ८ बुँदा)



काठमाडौं । काठमाडौं उपत्यकामा ३ सातादेखी निषेधाज्ञा केही खुकुलो भएको छ । सरकारले गत चैत्र १० गतेदेखी नै प्रतिवन्ध लगाएको शैक्षिक संस्था भने अझै संचालनमा आउने छैन ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शैक्षिक संस्था अझै संचालनको टुङ्गो नभएको बताए । कोरोनाको अवस्था हेरी अर्को शैक्षिक संस्था लगायत जिनषेध गरीएको क्षेत्रबारे पछि निर्णय हुने दाहालले बताए ।

देशव्यापी शैक्षिक संस्था बन्द हुँदा लाखौं बालबालिका घरमै बसेका छन । पहुँच भएका क्षेत्रमा केही अनलाइनका कक्षा भएका छन भने धेरै बालबालिका शिक्षा बाट बन्चित भएका छन ।

स्थानिय प्रशासनले भेला जुलुस भोज भतेरका साथै मठ मन्दिरमा पुजाआजा पनि बन्द गरेको छ । फिल्म हल पार्टि प्यालेस शैलुन पार्लर स्वीमिङपुलहरु पनि बन्द हुने छन ।


प्रतिक्रिया दिनुहोस्