बुधबार सुन ५ सयले बढ्यो, चाँदी १५ रुपैयाँले « Arthapath.com
१४ आश्विन २०७७, बुधबार

बुधबार सुन ५ सयले बढ्यो, चाँदी १५ रुपैयाँले



काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले बढेर तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा ९ सयले बढेको थियो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ । भने तेजावी सुन तोलामा ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मुल्य १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोला १,१९० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्