कार्यभार सम्हाल्दै उपप्रम पोखरेलले भने स्टाफ साथीहरु ढलक–ढलक ११–१२ बजे स्टाफ आउने र ४–५ बज्दानबज्दै जाने « Arthapath.com
२९ आश्विन २०७७, बिहीबार

कार्यभार सम्हाल्दै उपप्रम पोखरेलले भने स्टाफ साथीहरु ढलक–ढलक ११–१२ बजे स्टाफ आउने र ४–५ बज्दानबज्दै जाने



काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी सम्हालेका छन् ।

बिहीबार जिम्मेवारी सम्हाल्दै सरकारले सञ्चालनमा ल्याएको हेलो सरकारका कर्मचारीलाई सजग गराएका छन् ।

बिहीबार पदभार ग्रहण गर्दै उपप्रधानमन्त्री पोखरेलले हेलो सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत रहेकाले यसले प्रभावकारी काम गर्न नसकेकाले कर्मचारीलाई सह ढंगले काम गर्न निर्देशन दिएका छन् ।

उनले भने, “हलो सरकार गर्दैछ के ? प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको हेलो सरकारका स्टाफ साथीहरु ढलक–ढलक ११–१२ बजे स्टाफ आउने र ४–५ बज्दानबज्दै जाने । यस्ता कतिपय कुराहरु रहेका छन् । यस्ता कुराहरुमा सुधार गर्नुपर्ने छ ।”

त्यस्तै उनले सम्पत्ति शुद्धिकरण, राष्ट्रिय अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय योजना आयोगका विषयमा पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगै जोडिएकाले प्रभावकारी रुपमा अघि बढ्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्