रेम्डिसिभिर औषधि आयात र बिक्री गर्न तीन कम्पनीलाई अनुमति « Arthapath.com
३० आश्विन २०७७, शुक्रबार

रेम्डिसिभिर औषधि आयात र बिक्री गर्न तीन कम्पनीलाई अनुमति



काठमाडौं । रेम्डिसिभिर औषधि आयात र बिक्री गर्न तीन कम्पनीलाई सरकारले अनुमति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका बिरामीमा प्रयोग हुने रेम्डिसिभिर औषधि आयातका लागि तीन कम्पनीलाई अनुमति दिएको हो ।

मन्त्रालयले एक सूचना जारी गर्दै नेपालका दुई कम्पनी यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड काठमाडौं छन् । यस्तै भारतको हेट्रो ल्याब्स् लिमिटेडलाई पनि रेम्डिसिभिर आयात तथा बिक्रीका लागि अनुमति दिइएको हो ।


प्रतिक्रिया दिनुहोस्