१ लाख ३३ हजार नगदसहित चन्द्रगिरीबाट १० जुवाडे पक्राउ « Arthapath.com
१४ कार्तिक २०७७, शुक्रबार

१ लाख ३३ हजार नगदसहित चन्द्रगिरीबाट १० जुवाडे पक्राउ



कठमाडौं । चन्द्रागिरी नगरपालिकाबाट १ लाख ३३ हजार नगदसहित प्रहरीले १० जुवाडेलाई समातेको छ । दशैंको अवसरमा तास खेलिरहेकालाई प्रहरीले पक्राउ गरेको हो ।

चन्द्रागिरी नगरपालिका ४ स्थीत एक व्यक्तिको घरमा ताल खेलिरहेको सूचनाको आधारमा थानकोट प्रहरी चौकीबाट गएको प्रहरी टोलीले १० जुवाडेलाई पक्राउ गरेको हो । प्रहरीले घट्नास्थलबाट ६ बुक तारसहित १ लाख ३३ हजार ७५ रुपैयाँ नगद बरामद गरेको छ ।


प्रतिक्रिया दिनुहोस्