ओली प्रचण्ड मिलाउन गौतम सक्रिय, प्रचण्डसंग मिल्नै नसकिने भन्दै ओलीले मागे माधव नेपालको साथ « Arthapath.com
३० कार्तिक २०७७, आईतवार

ओली प्रचण्ड मिलाउन गौतम सक्रिय, प्रचण्डसंग मिल्नै नसकिने भन्दै ओलीले मागे माधव नेपालको साथ



काठमाडौं । कुनैबेला नेकपा एमाले फुटाउन मुख्य भुमिका खेलेका नेकपाका उपाध्यक्ष बामदेव गौतम अहिले नेकपालाई फुटबाट जोगाउन लागिपरेका छन । दुई अध्यक्षविच विवाद चर्किएपछि गौतम दुई अध्यक्ष मिलाउन लागिपरेका छन ।

आइतबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सन्देश बोकेर गौतम बालुवाटार गएका थिए । प्रधानमन्त्रीका विषेस दुतहरुले अस्तिदेखी रोजेर मन्त्री पद खान र ओलीलाई सघाउन आग्रह गरिरहेका थिए ।

गौतमसंग एक्ला एक्ले डेढ घण्टा छलफल गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुन बरिष्ठ नेता माधव नेपाल र महासचिव विष्णु पौडेलसंग छलफल गरेका छन । नेपालसंगको भेटमा प्रधानमन्त्रीले अव प्रचण्डसंग मिलेर जान नसकिने भन्दै बरिष्ठ नेता नेपालको साथ मागेका थिए ।

आफै ओली पार्टी अध्यक्ष भएदेखीनै पेलाइमा परेका नेपाललाई ओलीले आगामी दिनमा यसरी हिँड्न सक्ने भन्ने कुनै भरपर्दो आश्वासन दिएनन । प्रचण्डपक्षमा लागेका नेता नेपाललाई ओलीले १ मुख्यमन्त्री र दुई केन्द्र सरकारको मन्त्री थपदिने सन्देश दिएका थिए ।

पार्टी एकता जोगाउनुपर्ने भन्दै नेता नेपालले प्रचण्डसंग बार्ता गर्न सुझाएका थिए । दुई अध्यक्षको आरोप प्रत्यरोप बढेपछि प्रधानमन्त्री ओली हिजो शनिबार एक्कासी राष्ट्रपती निवास पुगेका थिए । नेकपामा विवाद देखीदा पटक पटक राष्ट्रपती कार्यालयले मिलाउने गरेको थियो ।

आइतबार ओलीको आकांक्षा बुझ्न प्रचण्डले पठाएका गौतमले प्रचण्डले लगाएको आरोप सही भएको र यसमा आफ्नो पनि समर्थन रहेको बताएका छन । नेकपाको सचिवालयमा अल्पमतमा परेका प्रधानमन्त्री ओलीले सकेसम्म बामदेव गौतम तान्ने लाइनमा रहेका छन । गौतम सजिला नेता भएकाले ओलीले पटक पटक प्रयोग गर्दै आएका छन ।

पार्टी सचिवालय बैठकमा प्रचण्ड–नेपाल समुहले राजिनामा माग्ने संभावना र गत बैठकमा प्रचण्डको प्रधानमन्त्रीप्रतिका आरोपपछि ओली चिन्तत बनेका छन । ओली प्रचण्डविच सहमती नभएमा प्रचण्डले ओलीको राजिनामा माग्ने पक्षमा रहेका छन ।


प्रतिक्रिया दिनुहोस्