महासंघको निर्वाचनमा शतप्रतिशत भोट खस्यो, मतगणना ६ बजे हुने « Arthapath.com
१३ मंसिर २०७७, शनिबार

महासंघको निर्वाचनमा शतप्रतिशत भोट खस्यो, मतगणना ६ बजे हुने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाबाट नयाँ कार्यकारणी समिति चयनका लागि शनिबार भएको मतदान सम्पन्न भएको छ । महासंघको निर्वाचनको इतिहासमा पहिलो पटक शतप्रतिशत भोट खसेको हो । निर्वाचन समितिका अनुसार जिल्ला नगर, एसोसिएट र वस्तुगत सबैतर्फ शतप्रतिशत भोट खसेको छ ।

महासंघको चुनाबका लागि जिल्लारनगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान भएको थियो ।

वस्तुगतमा १०१ मतदाता, जिल्लानगरमा १०५ तथा एशोसियटमा ९०३ मतदाता रहेका थिए । सबै मतदाताले दिउँसो चार बजेभित्रै मतदान गरिसकेको निर्वाचन समितिले जनाएको छ । मतगणना साँझ ६ बजेपछि कमलादी स्थित प्रज्ञा भवनमा हुने बताइएको छ । महासंघको निर्वाचनमा जिल्ला नगरको ५० प्रतिशत, एशोसियटको ३० प्रशिशत तथा वस्तुगततर्फको २० प्रतिशत मतभार हुने व्यवस्था रहेको छ ।


प्रतिक्रिया दिनुहोस्