महासंघ पदाधिकारीलाई ग्रिल तथा स्टिल व्यवसायी महासंघको स्वागत, हदभन्दा बढि नाफा नलिन आग्रह « Arthapath.com
५ पुष २०७७, आईतवार

महासंघ पदाधिकारीलाई ग्रिल तथा स्टिल व्यवसायी महासंघको स्वागत, हदभन्दा बढि नाफा नलिन आग्रह



काठमाडौं । उद्योग वाणिज्य महासंघ पदाधिकारीलाई ग्रिल तथा स्टिल व्यवसायी महासंघको स्वागत गरेको छ । ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालले नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा एवं निर्वाचनबाट नवनिर्वाचित अध्यक्ष, पदाधिकारी एवं वस्तुगततर्फका कार्यकारिणी समितिका सदस्यहरूको सम्मान गरेको हो ।

निजी क्षेत्रका समस्या समाधानमा आफूहरु सदैव तयार रहने बताउँदै आफूहरुलाई सबै पक्षको सहयोग आवश्यक पर्ने र निजी क्षेत्र नाफामूलक हुनु स्वभाविक रहेकोले मुनाफा निश्चित हदसम्म मात्र लिनुपर्नेमा नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष शेखर गोल्छाले बताए । आपसी सहयोग र समझदारीमा नै अघी बढ्ने महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बताए ।

निजी क्षेत्रको उत्थानमा उद्योग वाणिज्य महासंघले प्रभावकारी तवरले काम गर्नुपर्ने, लघु, घरेलु तथा साना उद्योगीहरुका समस्यालाई विशेष प्राथमिकताका साथ लिनुपर्ने र राज्यले गरेका सहजपूर्ण कर्जा लगायतलाई बिना झण्झट उपलब्ध गराउन महासंघले भूमिका खेल्नुपर्ने ग्रिल महासंघका अध्यक्ष मोहन कटुवालले बताए ।

उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित एसोसिएट उपाध्यक्ष रामचन्द्र सांघाई, कोषाध्यक्ष सकुन्तलाल हिराचन लगायतका थुप्रै निर्वाचित प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्