संसद विघटन भएपछि सेनाको पीएसओ बैठक बस्यो, सुरक्षा अवस्थाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेपाली सेनाका मुख्य सैनिक अधिकृत (पीएसओ) बीच समसामयिक परिस्थिति र त्यसले निम्तिन सक्ने सुरक्षा अवस्थाबारे छलफल भएको छ ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । राष्ट्रपतिले संसद विघटन गरेपछि सुरक्षा अवस्थाबारे विश्लेषण गर्न बैठक बसेको हो ।
तर, पीएसओको बैठक असामान्य नरहेको र पीएसओको बैठक नियमित रुपमा बस्ने भएकाले असामान्य नभएको नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिए ।