यी ७ जना मन्त्रीले दिए सामुहिक राजिनामा, ओलीनिकट गृहमन्त्री थापा र उद्योगमन्त्री भट्टले दिएनन् « Arthapath.com
५ पुष २०७७, आईतवार

यी ७ जना मन्त्रीले दिए सामुहिक राजिनामा, ओलीनिकट गृहमन्त्री थापा र उद्योगमन्त्री भट्टले दिएनन्



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि बरिष्ठ नेता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहका मन्त्रीहरुले सामूहकि राजीनमा दिएका छन् ।

पुर्व माओवादीबाट सरकारमा गएका ६ जना मन्त्रीहरुमध्ये ५ जनाले सामुहिक राजिनामा दिएका हुन् । माधव नेपाल समूहका २ जना मन्त्री सरकारमा सहभागी भएका छन् ।

पुर्व माओवादीबाट सरकारमा सामेल उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिएका हुन् । नेपाल समूहका पर्यटन मन्त्री योगेश भट्टराई र कृषि मन्त्री घनश्याम भूसालले सामहिक राजीनामा दिएका हुन् । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र गृह मन्त्री राम बहादुर थापा (बादल)ले भने सामुहिक राजिनामा नदिने भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्