प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्दै भएको थियो अविश्वास प्रस्ताव दर्ता(पत्रसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटन गर्नुअघि नै उनीविरुद्ध नेकपाकै सांसदहरुले संसद सचिवलायमा अविश्वासको प्रस्ताव दर्ता गरेको पाइएको छ । नेकपाका ९० जना सांसद्हरुको हस्ताक्षरमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।
स्रोतका अनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहाल व्रचण्डलाई भावी प्रधानमन्त्री प्रस्ताव गरेर अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अविश्वासको प्रस्ताव ल्याउँदा भावी प्रधानमन्त्रीको नामसहित प्रस्ताव गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रचण्डको नाम प्रस्ताव गरिएको हो । तर, संसद विघटन भइसकेकाले यो प्रस्ताव भने अब अलपत्र परेको छ । र देश नयाँ राजनीतिक उथलपुथलमा गएको छ ।

