पृथ्वीनारायण शाहको जन्मजयन्तीमामा पुस २७ गते सार्वजनिक बिदा « Arthapath.com
२६ पुष २०७७, आईतवार

पृथ्वीनारायण शाहको जन्मजयन्तीमामा पुस २७ गते सार्वजनिक बिदा



काठमाडौं । नेपाली एकीकरण गरेका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको १९९ औँ जन्मजयन्तीमामा बिदा दिने निर्णय भएको छ । उनको पुस २७ गते जन्मजयन्ती रहेकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । गोरखाको गोरखा नगरपालिकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएर पृथ्वीजयन्तीलाई उत्सवका रुपमा मनाउन लागिएको गोरखा नगरपालिकाका सूचना अधिकारी चेतप्रसाद अंगाईले जानकारी दिए ।

पुस २७ गते गोरखा संग्रहालयस्थित पृथ्वीनारायण शाहको पूर्णपदको शालिकअगाडि अन्तरक्रिया लगायतका कार्यक्रम गरिने छ ।

नगर क्षेत्रमा नगरकापलिकाले विभिन्न कार्यक्रम गर्ने योजना अनुसार २६ गते नगर क्षेत्रभित्र सरसफाई, २७ गते दौड र पृथ्वी जयन्ती विशेष कार्यक्रम र २८ गतेका दिन वतृत्वकला लगायत कार्यक्रम रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्