नेपाल सुनचाँदी ब्यवसायी महासंघको साधारणसभा सम्पन्न, माणिकरत्न शाक्यको अध्यक्षतामा नयाँ नेतृत्व « Arthapath.com
२७ पुष २०७७, सोमबार

नेपाल सुनचाँदी ब्यवसायी महासंघको साधारणसभा सम्पन्न, माणिकरत्न शाक्यको अध्यक्षतामा नयाँ नेतृत्व



काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको शुक्रबारदेखि साठमाडौंमा शुरु भएको सातौं तथा आठौ बार्षिक साधारणसभा एबं तेस्रो महाअधिवेशन आइतबार सम्पन्न भएको छ । महाअधिवेशनवाट महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य सर्वसम्मतरुपमा अध्यक्षमा चयन भएक छन् । महासंघका अध्यक्ष मोहन सुनारको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

साधारणसभावाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली चयन भएका छन् । उपाध्यक्षहरुमा क्रमशः मोहन काजी शाक्य, दियेश रत्न शाक्य, र विपिन रामुदामु चयन भएका छन् । त्यस्तै, एशोसिएटस् उपाध्यक्षमा पवन सोमानी, महासचिवमा धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवद्धयमा किरणभाई बज्राचार्य र वावुराम विश्वकर्मा र प्रवक्तामा मनोज कुमार शाह चयन भएका हुन् । त्यस्तै, सह कोषध्यक्षमा पद्मशुन्दर शाक्य चयन भएका छन् । महासंघको विधानमा ५५ सदस्यिय कार्यसमिति रहने ब्यवस्थ्ता भए अहनुरुप यी सवै पदमा निर्विरोध भएको हो ।

साधारणसभाले विधान संशोधनगरी केही नयाँ पद सिर्जना गरी त्यसमा विभिन्न ब्यक्तिहरुलाई चयन गर्ने निर्णय पनि गरेको छ । जस अनुसार प्रश्तावित उपाध्यक्षहरुमा शिव सर्राफ, निर्मल विश्वकर्मा, दुर्गा वहादुर सुनार, महेन्द्र रत्न शाक्य, जोगलाल विश्वकर्मा र भरत अग्रवाल रहेका छन् । त्यस्तै प्रश्तावित सचिवमा केश वहादुर सुनार तथा प्रश्तावित सहकोषध्यक्षमा रमेशह रसाइली रहेका छन् । नयाँ ब्ष्यवस्थ अनुरुपअव महासंघमा ७७ जनाको कार्यसमिति रहने छ ।

महाअधिवेशनको पहिलो दिन शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रैष्ठले उद्घाटन गरेका थिए । संघीय संरचना अनरुप आफूलाई अगाडि बढाएको महासंघले यसअघि नै प्रदेशगतरुपमा नयाँ नेतृत्व चयन गरिसकेको छ । केन्द्रिय नेतृत्वमा प्रत्येक प्रदेशवाट दुई÷दुई जनाकादरले १४ जना र बाँकी एक महिलासदस्य सहितका पदाधिकारी एवं सदस्यहरु केन्द्रिय तहवाट छनौट गर्ने ब्यवस्था विधानमा छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ २०६९ साल फाल्गुण २० गते विधिवत रुपमा दर्ता भएको नेपाल भरिका सुनचाँदी ब्यवसायीहरुको छाता संगठन हो । मुलुकको संघीय संरचना अनुरुप सातै वटा प्रदेशमा प्रदेश महासंघका अतिरिक्त देशभरका विभिन्न ६५ वटा जिल्ला÷नगर संघको अलावा एशोसिएट सदस्यहरु तथा वस्तुगत संघहरु यस महासंघमा आवद्ध रहेका छन । साधारणसभाका अवसरमा तीन जना सञ्चारकर्मीहरुलाई पनि सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्